हिन्दू समुदायका चेतनशिल युवावर्ग, बुद्धीजीवी, नागरिक अगुवालाई मेरो अनुरोध - मोहना अन्सारी

हिन्दू समुदायका चेतनशिल युवावर्ग, बुद्धीजीवी, नागरिक अगुवालाई मेरो अनुरोध।

तब्लीगी जमातले सम्पूर्ण मुस्लिम समुदायको प्रतिनिधित्व गर्दैन। यो एक विशुदध धार्मिक समूह हो । तर कतिपय मुस्लिम स्कलर र थिन्कटैंक उनीहरुको कार्यशैली र चिन्तनबाट सहमत छैनन। अहिलेको सन्दर्भमा उहाहरुबाट आफ्नो धार्मिक गतिविधी सन्चालनमा अनजानवश केही त्रुटि भएकै हो जसले गर्दा उनिहरु स्वयम् मुस्लिम बाटै पनि आलोचनाको केन्द्रमा आएका छन्। 


सार्वजनिक जीवनमा कुनै पनि संस्था वा व्यक्तीलाई अनुत्तरदायी हुने छुट छैन। उनीहरु अकाउन्टेबल हुनै पर्छ। यो घटनाले तब्लीगी जमातको कार्यशैली, उपादेयता र प्रभाव बारे मुस्लिम समाजको शिक्षित वर्गमा नयाँ ढंगले विमर्श हुने नै छ। यो मुस्लिम समुदाय भित्रकै कुरा हो। यि र यस्ता उत्पन्न भएका घटनाहरुको सम्बन्धमा कानूनप्रकृयामा रहेर प्रशासनले पहल गरी रहेकै छ।

तसर्थ, अहिलेको लागि तब्लीगी जमातको घटनालाई अतिरन्जित गरेर सामाजिक सदभाव बिगार्न खोज्ने हरुलाई निरुत्साहीत गरौं ।दुवै तिरका अवान्छित व्यक्तीहरु बाट सोशल मीडियामा नकली पोस्ट, हल्ला (अफवाह), केहि अनलाइन पोर्टलका नकली न्युज फैलाएर उत्तेजना बढाउने प्रयास भएको हुन सक्छ। हामी सजग भएर यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्छ । यसमा तपाईं हाम्रो भूमिका महत्वपूर्ण छ।

मुस्लिम समुदायका चेतनशिल युवावर्ग, बुद्धीजीवी, नागरिक अगुवालाई मेरो अनुरोध।
मैले ट्विटरमा मेरो नाम उर्दु मा लेखे। त्यसमा केही व्यक्तीले म माथि नकारात्मक टिप्पणी एवं प्रत्यक्ष प्रहार गरे र मलाई त्यो मेट्न सम्म भने । त्यसबाट आहत भए पछी मैले एउटा ट्विट लेखे। त्यसमा ऐक्यबद्धता जनाउन्दै दर्जनौ मित्रहरुले ट्विटर हैन्डलमा आफ्नो नाम उर्दुमा लेख्न थाले। उनीहरु कोही पनि मुस्लिम होइनन। यो एउटा सानो उदाहरण हो। 

म गर्वको साथ भन्न सक्छु- हम उस देशके वासी है, जहाँ सदभावकी गंगा बहती है। तर, यसमा हाम्रो पनि केही दायित्व छ। हामीले सफाइ दिने मात्रै होइन, स्वनिरीक्षण गर्न र कमी कमजोरी सुधार्न सधैं तयार रहनु पर्छ। हामी नेपाली मुस्लिम हौ। बहुल-धार्मिक समाजको एक हिस्सा हौ। कानूनको पूर्ण पालन, पारदर्शिता र संवादले हामी समुदाय-समुदाय बीच समझदारी र विश्वास बढाउन सक्छौ। र, तब्लीगी जमातले सम्पूर्ण मुस्लिमको प्रतिनिधित्व न गर्ने जस्तै केही खराब व्यक्तीले सम्पूर्ण हिन्दूको प्रतिनिधित्व गर्दैनन। गलत व्यक्ती दुवै तिर छन। आपसी सहयोगले यस्तो प्रव्रित्तीलाई निरुत्साहित गर्न सकिन्छ।

निराश न हौ, आशंका न गरौ, हल्लाहरुको (अफवाह्को) पछी न लागौ। हामी सँग सद्भाव र सह-अस्तित्वको सदियौ पुरानो विरासत छ। हाम्रो घर जोडीएको छ, जीवन जोडीएको छ, गाउँ टोल जोडीएको छ। सामाजिक सदभाव नेपाली समाजको महत्वपूर्ण पूंजी हो। हामी सबैले मिलेर यसको रक्षा गर्नु पर्दछ।

चेतनशिल युवायुवती, बुद्धीजीवी समुह, नागरिक अगुवाहरु यसमा विशेष भूमिका हुन्छ।


Ansari Mohna (https://www.facebook.com/ansari.mona.10) को facebook बाट साभार गरिएको 

Comments

Popular posts from this blog

Dengue in Nepal: A Growing Public Health Concern

Manaslu Circuit Trek Cost Guide 2025: Complete Budget Breakdown & Money-Saving Tips

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग