युगले सम्मान गर्न नजानेको कबि लक्ष्मी प्रसाद देवकोटा को यात्री कविता ।।।




कविता : यात्री 
लेखक : महाकबि लक्ष्मी प्रसाद देवकोटा 

[ कुन मन्दिरमा जान्छौ यात्री, 
कुन मन्दिरमा जाने हो।
कुन सामग्री पुजा गर्ने, 
 साथ कसोरी लाने हो।]…२
कुन मन्दिरमा जान्छौ यात्री।



हाड हरुको सुन्दर खम्बा, 
मांशपिण्ड को दिवार।
मष्तिस्क को सुनको छाना, 
इन्द्रिय हरुको द्वार।
नशा नदीका तर-तरंग, 
मन्दिर आफु अपार।
कुन मन्दिरमा जान्छौ यात्री।

साथी-यात्री बीच सडकमा, 
ईश्वर हिड्दछ साथ।
चुम्दछ ईश्वर काम सुनौला, 
गरिरहेको हात।
छुन्छ तिलष्मी करले उसले, 
सेवक हरुको माथ।
कुन मन्दिरमा जान्छौ यात्री।

फर्क-फर्क हे जाऊ समाऊ, 
मानिस हरुको पाऊ।
मलम लगाऊ आर्थ हरुको, 
चहराई रहेको घाऊ।
मानिस हरु भै ईश्वरको त्यो 
दिव्य मुहार हसाऊ।
कुन मन्दिरमा जान्छौ यात्री।

सडक किनारा गाउँछ ईश्वर, 
चराहरुको तानामा।
बोल्दछ ईश्वर मानिसहरुको, 
पिडा दुखको गानामा।
दर्शन किन्तु कहीं दिदैन, 
चर्मचक्षुले कानामा।

कुन मन्दिरमा जान्छौ यात्री, 
कुन मन्दिरमा जाने हो।
कुन सामग्री पुजा गर्ने, 
साथ कसोरी लाने हो।
कुन मन्दिरमा जान्छौ यात्री।

Comments

Popular posts from this blog

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

Manaslu Circuit Trek Cost Guide 2025: Complete Budget Breakdown & Money-Saving Tips

चितवनकी १३ वर्षीया शालिनको मृत्यु प्रकरण के हो ?