" मुहार फेरिएन " - राज शर्मा

मुहार फेरिएन " - राज शर्मा


राजा आए
राणा आए
पञ्चायत आयो
बहुदल आयो
हरेक व्यवस्था फेरियो
बर्षौ देखिको अँध्यारो
यो देशको मुहार फेरिएन ।।

कुर्सी फेरियो
सत्ता फेरियो
माननीय फेरिए
तीनले चढ्ने कार फेरियो
अर्बौ को भ्रष्टाचार फेरिएन
हीजो साईकल डोराउने नेताका
आज रातारात घरबार फेरिए
तीनले जनताको पैसाले आकाश छुने गरी
खाएर गरेको डकार फेरिएन ।।

शाह फेरिए
धेरै चोटि देउवा फेरिए
धेरै चोटिओली फेरिए
नेपाल फेरिए
नेताको भेशमा
देशका डाकुहरुको थर फेरिए
कर्णाली र हुम्ला मा
आज पनी सीटामोल छैन
देश रोगी छ उपचार फेरिएन ।।


काङ्ग्रेस फेरियो
माओबादि फेरियो
एमाले फेरियो
तीनका भार भारदार फेरिए
मलेरीयाले ज्वरोले दमले उपचार नपाएर
थलीएका बुढा बाउको दिन रातको खोकी फेरिएन ।।


प्रहरी फेरियो
प्रशासन फेरियो
एसपी डीएसपीहरु फेरिए
सुसासन फेरीएन
गल्ली गल्लीमा उखुबारीमा
बलात्कृत हुदै गरेकी
निर्मलाको चीत्कार फेरिएन ।।

चौकीदार फेरियो
सीमाना फेरियो
देशको नक्सा कागजमा फेरियो
हरेक दिन हत्या आतङ्क बीवाद बलात्कार र
अर्बौको लुट हामीले सुन्ने समाचार
अंह कहिल्यै फेरिएन
अड्डा अड्डा मा नेताका
ज्वाई छोरी सम्धी ससुराली र नातेदार फेरिए
बढेको बढै छ नेपाली को थाप्लोमा
तिनले थोपरेको ऋणको भार फेरिएन ।।

जिल्ला फेरियो
प्रदेश फेरियो
पदाधीकारी र तिनका नारा फेरिए
उस्तै छन आज पनी
शीक्षा स्वास्थ्य र विकासका पुर्वाधार फेरिएन
धर्म फेरीयो
चालचलन आयातित संस्कार र संस्कृति फेरियो ।।
तर बिडम्बना.........

राणा आए
राजा आए
पञ्चायत आयो
बहुदल आयो
हरेक व्यवस्था फेरियो
बर्षौ देखीको अँध्यारो
देशको मुहार फेरिएन ।।


धन्यबाद

Comments

Popular posts from this blog

Dengue in Nepal: A Growing Public Health Concern

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

Manaslu Circuit Trek Cost Guide 2025: Complete Budget Breakdown & Money-Saving Tips