कोरोनाबाट मृत्यु हुने को संख्यामा कमि आए पछि इरानको राजधानी आंशिक रूपमा खोलियो |


कोरोना कहर 




 इरानी सरकारले शनिबारदेखि राजधानी तेहरानका केही व्यवसायिक क्षेत्रहरुलाई पुनः खोल्ने अनुमति दिएको छ।कोरोनाका कारण ज्यान गुमाउनेको संखयामा आएको कमिसंगै इरानले केही व्यवसायिक क्षेत्रहरुलाई पुनः खोल्ने अनुमति दिएको हो।अनुमतिपछि केही पसल, कारखाना र वर्कशप लगायतका कम जोखिमयुक्त व्यवसायहरू पुनः सञ्चालनमा आएका छन्।
इरानको सरकारी टेलिभिजन Namayesh TV का अनुसार देशका अन्य शहरमा यस प्रकारको व्यवसायिक क्षेत्र सञ्चालनमा आएको झन्डै एक हप्ता भइसकेको छ।
टेलिभिजनले स्वास्थ्य निरीक्षकहरू पसल व्यवसाय र  बेकरहरुलाई मास्क र पन्जा लगाउन सम्झाउँदै गरेको फुटेजहरू प्रसारण गरेको थियो ।
मार्च १२ पछि कोरोना भाइरसबाट दैनिक मृत्यु हुनेहरूको संख्या शनिबार ७३ मा झरेको छ।
केही व्यवसायिक क्षेत्रहरुको पुनः सञ्चालन गर्ने घोषणा यस महिनाको सुरूमै गरिएको थियो।
गत हप्तादेखि केही सरकारी कार्यालयहरू समेत सञ्चालनमा आएका थिए। हाल त्यहाँको एक तिहाइ कर्मचारीले घरबाटै काम गरिरहेका छन्।
तेहरानमा व्यवसायहरु पुनः सञ्चालनमा आएपछि  शनिबार सडकमा ट्राफिक समेत बढेको थियो भने केही कार्यालयहरूमा भीड थियो।
यसो हुँदा भाइरसको पुनरुत्थान हुनसक्ने चेतावनी केही अधिकारीहरुले  दिएका छन्।
'अझै पनि तेहरानमा कोरोना भाइरस महामारीको चरणमा छ। यसरी भीडभाड बढ्नु भनेको चिन्ताको विषय हो,' सरकारद्वारा सञ्चालित कोरोना भाइरस टास्क-फोर्सका प्रमुख अलिरेजा जालीले इरानी संवाददातासँग भने।
थिएटर, जिम, सौना, ब्यूटी सैलुन र सपिंङ सेन्टर सहित कोरोना फैलिन सक्ने उच्च जोखिम भएका क्षेत्र र व्यवसायहरू भने पुनः सञ्चालनमा आउन बाँकी नै छ।
केही रेस्टुरेन्टहरू 'टेक-अवे अर्डर'को लागि खुल्ला गरिएका छन्।
एउटा आधिकारिक website: worldometers.info/coronovirus/ का अनुसार इरानमा हालसम्म  कोरोनाबाट संक्रमित हुनेको संख्या ८० हजार ८६८ पुगिसकेको छ। यसमा कुल मृतकको संख्या ५ हजार ३१ पुगेको छ।

Comments

Popular posts from this blog

Dengue in Nepal: A Growing Public Health Concern

Will increasing Everest permit fees lead to a more sustainable and safer climbing experience, or will it limit accessibility and negatively impact the local economy?

Manaslu Circuit Trek Cost Guide 2025: Complete Budget Breakdown & Money-Saving Tips