देश मै हुनुको पिडा ..
मेरो लागि मेरो देश ठुलै हो
अभावले निन्द्रा नलाग्ने भएपछि
देश मसिनो भैदियो
म यो देशको परिचय त्याग्न
कति धाँए मन्दिर कति गरें आरती
भगवानलाइ भन्थें
मलाई
बनाईदिएको भए सरणार्थी
उनीहरु मलाई बेचेर धनि बन्न खोजे
म, मलाई बेचेर
म यसै बेचिन खोजेको होइन
बेचिन खोजेको हुँ
यहाँ भविष्य अन्धकार देखेर।।
मैले पढेको पाठले मलाई
इमान्दार बन्न सिकायो
इमान्दारिताको खोस्टो
सुन्य भै बिलायो।।
म जस्तै देशमा बस्न नचाहने युवाहरु कति छौ
छातीमा हात राखेर भन।
सम्पन्न देशको सपनाले
के तिमी पनि नागरिकता त्याग्दैनौ ?
गर्ब गर्छ समाज
फलानो जापान छ, अस्ट्रेलिया छ,अमेरिका छ
म जस्तै यहिँ बसिरहनेहरुलाई भन्छन
लफङ्गो
एतै हल्लिराको छ ।।
Comments
Post a Comment