बालेन तिमीले चुनाव जित्नु हुन्न

 




बालेन तिमीले जित्नु हुन्न
किनकि तिमीले जित्यौ भने
एक पुरुष काठमाडौंमा नाङ्गै हिड्ने हुन रे
त्यसैले उनको इज्जत बचाई दिनभए पनि
तिमीले चुनाव जित्न हुन्न
तिमीले जित्यौ भने
अर्की एक सुन्दरी स्तन देखाउदै
सहर भ्रमण गर्ने हुन रे
त्यसैले
उनको इज्जत जोगाइदिन भए पनि
तिमीले चुनाव जित्न हुन्न
अर्का एक महापुरुष ३०,००० मत कटाए
राजधानी भित्र बस्दिन भनीसके
त्यसैले
उनको बिचल्ली हुन नदिन भए पनि
तिमीले चुनाव जित्न हुन्न
आङ्काजीहरुले घोषणा गरिसके
तिमी त आफै बदलिन नसक्ने
गुण्डा आकारका र्यापर मात्र होइन
के के हो के के हौ रे
बाआमाको वास्ता नगर्ने कुपुत्र हौ रे
दल र नेताका अघि भुसुना हौ रे
त्यसैले
उनको महावाणि पूरा गराई दिन पनि
तिमी चुनाव जित्न हुन्न
७० बर्ष कटेका होनहार युवा नेता
जो सत्ताको स्तुति गाईरहेकाछन र
आर्यघाटको ब्रह्मानल नहुदा सम्म
कुर्सीको ताक्मा छन
उनी र आसेपासेहरुको स्वार्थका लागी पनि
तिमीले चुनाव जित्न हुन्न
तिमीले चुनाव जित्यौ भने
खराब दलहरूको टेको बनेका युवाहरूको
नेता र दलप्रति आकर्षण घट्न सक्छ
ठुलो उद्योगको मालिकको रूपमा रहेका
नेताहरूको राजनीति ओरालो लाग्न सक्छ
त्यसैले
उनको पुर्खौली थामीदिन पनि
तिमीले चुनाव जित्न हुन्न
बालेन तिमी त मधेसी मुलका हौ रे
तर काठमाडौंका
नेवार समुदायको पनि प्यारा भयौ
अब जातीय र ससुरालीको नाता
तोडिन सक्छ
बर्षौ देखि गडेको
जरा गोडिन सक्छ
त्यसैले
जातीय भेद कायम राख्न पनि
तिमीले चुनाव जित्न हुन्न
तर
बालेन तिमी चुनाव जित्ने नै भयौ
विजयको नजिक सरासर गयौ
तिमीले पाएको जनमतको
अपमान गर्नेहरुले
विजयको शब्द
कसरी सुन्ने होलान्
पश्चाताप गर्लान कि
फेरि षड्यन्त्रको जालो बुन्ने होलान् ।

Comments

Popular posts from this blog

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

Manaslu Circuit Trek Cost Guide 2025: Complete Budget Breakdown & Money-Saving Tips

चितवनकी १३ वर्षीया शालिनको मृत्यु प्रकरण के हो ?