computer vision syndrome के हो , यसका लक्षण र जोगिने उपायहरु

डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन।
पछिल्लो समय मोबायल र ल्यापटपको प्रयोग एकदमै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज भयतापनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ।
यस्ता समस्याबाट हाम्रो समाजमा धेरै मनिसहरु अनभिज्ञ छन्। भिजन काउन्सिल नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घण्टा कम्प्युटरजन्य सामग्री नजिक रहेर काम गर्ने गर्छन्। यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०-८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई computer vision syndrome नामक समस्याले पिरोलेको पाइन्छ। यो समस्या निकट भविष्यमा अझै बढ्ने अनुमान रहेको छ।
computer vision syndrome भनेको के हो त ?
मेडिकल भाषामा Digital Eye Strain पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुने गर्दछ। यसरी कम्प्युटर तथा मोबायलको अत्यधिक प्रयोगले आँखा तथा दृष्टिमा आउने समस्यालाई एउटा नामले भन्दा computer vision syndrome भनिन्छ।
computer vision syndrome भएमा देखिने लक्ष्यणहरु केके हुन्?
यो सिन्ड्रोम भएमा धेरै खालका लक्ष्यणहरु देखिन्छन्। सबै मानिसमा सबै खालका लक्ष्यण देखिन्छन् भन्ने हुँदैन। यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भर पर्दछ ।
  • १. आँखा थाकेको महसुस हुनु,
  • २. टाउको दुख्नु,
  • ३. आँखा सुक्खा हुनु, आँसु बग्ने,
  • ४. आँखा चिलाउने, बिझाउने, पोल्ने,
  • ५. घाँटी, काँध तथा ढाड दुख्नु,
  • ६. धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाहीं एक वस्तुलाई दुई वटा देखिनु,
  • ७. कार्य क्षमता तथा कामप्रति रुचि घटेको महसुस हुनु,  
  • ८. रातिमा निद्रा घटेको महसुस हुनु,  

किन हुन्छ computer vision syndrome?
Digital Eye Strain हुनुमा तल उल्लेख गरिएका कुराहरुको ठूलो भूमिका रहेको पाइन्छः
१. ब्लु लाइट (Blue light)
डिजिटल सामग्रीको स्क्रिनबाट आउने यो प्रकाश अलिक शक्तिशाली हुन्छ, त्यसैले गर्दा ब्लु लाइटलाई हाई इनर्जी भिजिबल लाइट पनि भनिन्छ। ब्लु लाइटसँगको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षण निम्त्याउँछ। अनुसन्धानलाई आधार मान्ने हो भने ब्लु लाइटले हाम्रो शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्र कम गर्छ, जसले गर्दा राति निद्रा नलाग्ने जस्ता लक्षण देखिन्छ।
२. ग्लेर (Glare)
स्क्रिनबाट आउने अत्यधिक उज्यालोपनले पनि आँखालाई असर गर्छ। यसरी हुने ग्लेरले आँखा थाक्ने, आँखा भारी हुने गराउँछ।
३. लामो समयसम्म नजिकको काम 
कम्प्युटर, मोबाइलको प्रयोग नजिक गरिने काममा पर्दछन । लामो समयसम्म नजिकको काम गर्दा आँखा भित्र र बाहिरका मांसपेसी थाक्ने हुँदा computer vision syndrome को समस्या झन् बढेर जान्छ।
४. आँखा कम झिम्क्याउनु 
सामान्यतः हामीले औसतमा १५/१६ पटक प्रति मिनेट आँखा झिम्क्याउँछौं। तर अनुसन्धानलाई आधार मानेर हेर्दा कम्प्युटरको काममा केन्द्रित भएको समयमा हामीले आँखा झिम्क्याउँने दर घटेको पाइएको छ। जसले गर्दा आँखा सुक्खा हुने, आँखा चिलाउने, बिझाउने, पोल्ने जस्ता लक्षण देखिन्छन्।
५. गलत मुद्रामा रहेर काम गर्ने
आफूले काम गर्ने वातावरण आफू अनुकूल हुन जरुरी हुन्छ। आफूले काम गर्ने ठाउँमा पर्याप्त मात्रामा उज्यालो भए/नभएको कुरा ख्याल गर्नुपर्छ। उज्यालोपन कम भए पनि वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ। आँखा र स्क्रिन बीचको दूरी, कम्प्युटर स्क्रिन र आँखाको लेबल, आँखामा सिधै पर्ने फ्यानको हावा जस्ता कुराहरुमा ध्यान नदिँदा समस्या झन् बढेर जाने देखिन्छ। यसरी गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्य क्षमता घट्ने हुन्छ।
६. दृष्टिदोष 
दूरदृष्टि, अदुरदृष्टिले पनि computer vision syndrome हुनुमा भूमिका खेल्छन्। दृष्टिदोष (Dysopia )ले आँखामा झन् Stress बढाउँछ।
computer vision syndrome बाट बच्ने तरिका केके छन्?
१. २०/२०/२० नियमको प्रयोगः जसमा २० मिनेट काम गरे पछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने भनिन्छ।
२. ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोगः यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ।
३. कृत्रिम आँसु थोपाको प्रयोग (Puralube Tears drops)

कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ। मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाह अनुसार वा कम्प्युटर प्रयोग गर्दा १र१ घण्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ।
४. काम गर्ने वातावरण आफू अनुकूल र सहज बनाउनेः तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफू अनुकूल बनाउन सकिन्छ।
क) कोठामा पर्याप्त उज्यालोको प्रयोग गर्ने,
ख) कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफू अनुकूल बनाउने,
ग) आँखा र स्क्रिन बीचको दूरी कम्तीमा २५ इन्च राख्ने
घ) काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
ङ) कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,
च) आफू काम गर्ने टेबल र कुर्सीको उचाइ आफूलाई सहज हुने गरी मिलाउने,
५. रेगुलर आँखा जाँच गराउने (लकडाउनको बेलामा होइन)
रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनु पर्छ।
प्रत्यक ६र६ महिनामा दृष्टि विशेषज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा आफ्नो आँखा जाँच गराउनु उपयुक्त हुन्छ।

Comments

Popular posts from this blog

Dengue in Nepal: A Growing Public Health Concern

Will increasing Everest permit fees lead to a more sustainable and safer climbing experience, or will it limit accessibility and negatively impact the local economy?