राम्रो मान्छेको साथ पायो भने बन्छ जीवन फूल, नराम्रो को पर्यो भने बन्छ खरानी ।
एउटा विद्यार्थीले आफुलाई पढाउने शिक्षक संग भन्यो ।
"सर हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो।''
शिक्षक : ''कहांबाट हरायौ?''
विद्यार्थी: ''यहीं कक्षा कोठाबाट हरायो सर !''
शिक्षक : ''कसरी हरायो त ?''
विद्यार्थी: ''मैले टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर।''
शिक्षक : ''त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन्।''
शिक्षक: ''तिमीहरू सबैजना लाइनमा लाग अनि सबैले आ-आफ्नो आँखामा पट्टी बाँध।"
शिक्षकले भने अनुसार सबैले त्यसै गरे । त्यस पछि शिक्षकले सबैको पकेट छामे। एउटाको पकेटमा घडी भेटियो र घडी बुझाए ।चोरी गर्ने केटा डरायो । उ अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो ।
एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन। उनीहरू कलेज जीवन सिध्याएर आ-आफ्नो कर्ममा लागे ।चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा ति शिक्षकलाइ पनि आमन्त्रण गरिएको रहेछ । त्यो केटाले आफुलाई पढाउने शिक्षक लाइ चिनिहाल्यो अनि ,
केटाले शिक्षकसंग गएर शिक्षकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “ सर मलाई माफ गरि दिनुहोस,आज म जुन स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।”
शिक्षक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?”
केटाले भन्यो :''हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिउँदो मात्र हैन, यो स्थानमा छु, त्यो कुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”
शिक्षक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?”
केटाले फेरी आश्चर्यमा पर्दै भन्याे “सर हजुरले मलाई भुल्नु भयो ?”
शिक्षक: ''मैले त्याे दिन तिमीहरू संगै मेरो आंखामा पनि पट्टीले बांधेको थिए किनभने घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट कहिल्यै नगीरुन् ।''
यो कुरा सुनेर केटाले झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो ।
हो गल्ती कसबाट हुंदैन र ? तर, आज हामी अरूको गल्ती खोज्दै हिंड्छौं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छौं। जबकि हामी कोही गल्ती नगर्नेमा पर्दैनौं। सबैले सानाे-ठूलो गल्ती गरि रहेका हुन्छौं । के कसैको गल्ती हामीले माफ़ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ?के सुध्रने माैका दिन सक्दैनौं ?
Comments
Post a Comment