भियतनाम जहाँ एक जनाले पनि ज्यान गुमाएका छैनन् भियतनामले कसरी रोक्यो कोरोनालाई ?
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। विश्वका अधिकांश देशका नागरिकहरुले कोरोनाका कारण दिनानुदिन ज्यान गुमाइरहेका छन्। तर यस्ता देशहरु पनि छन्, जहाँ कोरोनाको असर कम देखिएको छ। अहिलेसम्म एक जनाको मृत्यु नहुनेमध्ये भियतनाम पनि रहेको छ।

यहीकारण यहाँ संक्रमितको संख्या बढ्न पाएन। अहिले यहाँ प्रतिबन्ध हटिसकेको छ। विद्यालयहरु खोल्ने अनुमति दिइएको छ। यस्तो अवस्थामा प्रश्न उठेको छ–यो कसरी सम्भव भयो र उसले कुन प्रकारको उपायको प्रयोग गर्यो, जसका कारण त्यहाँ कोरोनाको महामारी फैलिन पाएन। अनि, उसको उपायहरु अन्य देशका लागि पनि काम लाग्छ त?
छिटै सीमा बन्दको निर्णय
जनवरीको अन्तिम दिनमा भियतनाममा कोरोना भाइरसको पहिलो संक्रमण देखा पर्यो। यसलगत्तै संक्रमण रोक्न आफ्नो सीमा बन्द गर्ने निर्णय गर्यो। त्यस्तै सबै प्रमुख विमानस्थलमा दोस्रो देशबाट आउने नागरिकलाई थर्मल स्क्रीनिङ गर्ने व्यवस्था गर्यो। विदेशबाट आउनेबाट कोरोना संक्रमण फैलन सक्ने आँकलनका साथ उनीहरुलाई अनिवार्य रुपमा १४ दिनको क्वारेन्टाइनमा राख्यो।
सरकारले यसरी विदेशवाट फर्केकालाई राख्ने क्वारेन्टाइन होटलमा बनाइएको थियो। मार्चको अन्तिम सप्ताहमा भियतनामले सबै विदेशीलाई आउन प्रतिबन्ध लगायो। भियतनामी मुलका विदेशी र भियतनामी नागरिकका सदस्यहरुलाई समेत प्रवेशमा रोक लगाइयो।
ट्रे्सिङमा जोड
कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेसनमा राखेलगत्तै सरकारले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी सुरु गर्यो।अनि उनीहरुलाई पत्ता लगाउदै कोरोना परीक्षण गर्यो। यतिमात्र होइन उसले कम लागत लाग्ने टेष्टिङ किटको पनि विकास गर्न सफल भयो।
भियतनामसँग ठुलो मात्रामा टेस्टिङका लागि दक्षिण कोरिया र जर्मनी जतिको संशाधन छैन। यही संशाधनको कमिलाई ध्यानमा राखेर उसले कम खर्चको व्यवस्था विकास गर्यो। संक्रमर्ण रोक्न उसले आक्रामक रुपमा ट्र्याक गर्यो र संक्रमित मानिसलाई आइसोलेशनमा राख्यो।
समाजलाई सचेत गराइयो

न्यु साउथ बेल्स विश्वविद्यालयका प्रोफेसर कार्ल थयारका अनुसार भियतनामको समाज एकदमै जागरुक छ, जसको फाइदा सरकारले सुरुमै देशव्यापी प्रचार गरेर उठायो। त्यहाँ प्रहरी,सेना र पार्टीले शीर्षस्तरमा लिएको निर्णयमा सहमत हुँदै काम गर्ने पद्धतिमा चलिरहेको उनको अनुभव छ।
के अन्य देशका लागि भियतनामीले अपनाएका उपायहरु काम आउन सक्छ?
भियतनाममा सफल भए पनि यी रणनीतिमा आफ्नै किसिमका कमजोरी छन्। यसको बेफाइदा भनेको छिमेकीका बीचमा पनि एक अर्कालाई शंकाको दृष्टिले हेर्ने क्रम सुरु भएको उनको अनुभव छ।
‘यसबाहेक यो पनि हुनसक्छ कि जबर्जस्ती क्वारेन्टाइनमा पठाइने डरले धेरै संक्रमितहरु सार्वजनिक भएनन् कि ?भियतनामले जुन तरिका अवलम्वन गर्यो , त्यसले त्यहाँको अर्थव्यवस्था पनि प्रभावित भएको छ । कयौ कारोबार बन्द रहेका छन् । सरकारी स्वामित्ववाला भियतनामी एयरलाइन्स अमेरिका, युरोप र पूर्वी एसियाको उडान रद्ध गर्दा करौडो नोक्सानीमा गएको छ।
लकडाउनभन्दा कति फरक?
भियतनामले संक्रमित मानिसलाई क्वारेन्टाइनमा राख्न सफल भयो । कैंयौ स्थानमा उसले नागरिकको स्वतन्त्रतालाई रोक लगायो। प्रभावशाली स्थानीय प्रशासन र सशक्त सुरक्षा व्यवस्थाका कारण भियतनामले पुरै जिल्ला क्वारेन्टाइनमा राख्न सफल भयो । युरोपलगायतका देश जसरी उसले लकडाउन लागू गरेन। भियतनामको राजधानी हनोई र दर्जन अरु सहरमा लकडाउन लागू भए पनि अहिले हटिसकेको छ।
भियतनामले संक्रमित मानिसलाई क्वारेन्टाइनमा राख्न सफल भयो । कैंयौ स्थानमा उसले नागरिकको स्वतन्त्रतालाई रोक लगायो। प्रभावशाली स्थानीय प्रशासन र सशक्त सुरक्षा व्यवस्थाका कारण भियतनामले पुरै जिल्ला क्वारेन्टाइनमा राख्न सफल भयो । युरोपलगायतका देश जसरी उसले लकडाउन लागू गरेन। भियतनामको राजधानी हनोई र दर्जन अरु सहरमा लकडाउन लागू भए पनि अहिले हटिसकेको छ।
तर अहिले पनि तीन जिल्ला र नगर पूर्ण रुपमा लकडाउनमा छन्। उक्त क्षेत्रमा चार लाख मानिस छन्। यस क्षेत्रको सुरक्षा स्थानीय सेनाले गरिरहेको छ । त्यहाँबाट कोही पनि निक्लन पाउँदैन ।
‘कोरोना भाइरसको प्रभावबाट देशलाई बचाउन राजनीतिक इच्छाशक्तिबाहेक संगठित शासन व्यवस्था र आज्ञाकारी जनता पनि हुन आवश्यक छ ।
Comments
Post a Comment