कोरोना भाइरसका कारण उत्पन्न हुने मनोसामाजिक समस्या कसरी कम गर्ने ?



कोरोना भाइरसका कारण उत्पन्न हुने मनोसामाजिक समस्या कसरी कम गर्ने ?


विश्वमा अहिले नोवल कोरोना भाईरस (कोभिड१९) को प्रत्यक्ष अप्रत्यक्ष असरले मानिसलाई प्रभावित पारिरहेको यो सामाग्री तयार गर्दासम्म  विश्वका २३ लाख ३२  हजार सय ३५  जना मानिसमा कोरोना संक्रमण देखिएको भने एक लाख  ६० हजार ७ सय  ९१ जनाले मृत्युवरण गरिसकेको दुःखद तथ्यांक हामी सबै माझ 

यतिबेला विभिन्न देशहरुसँगै नेपालमा पनि लकडाउन गरिएको अवस्था यहि चैत्र ११ गतेबाट गरिएको लकडाउन अवधी आगामी बैशाख १५ गतेसम्म तोकिएको कोरोना संक्रमणको परिस्थिति हेरेर लकडाउन थप्ने वा नथप्ने विषय त्यतिखेर नै निक्र्यौल हुने देखिन्छ यो अवस्थामा सामाजिक सञ्जालमा राखिएको कोरोना भाइरस सम्बन्धी नकारात्मक विचार तथा समाचारले गर्दा पनि मानिसहरुलाई मानसिक रुपमा समस्या हुनसक्ने देकिन्छ  सामाजिक सञ्जालको अधीक प्रयोग गर्नुभन्दा घरमा बस्दा किताब पढ्ने, परिवारसंग कुराकानी गर्नेमनोरञ्जनका सामाग्री प्रयोग गर्नेखेलहरु खेल्ने घरायसी काममा व्यस्त रहने गरियो भने समस्या कम हुन 
सक्छ 

हाल विश्वभर फैलिरहेको कोभिड१९ अर्थात कोरोना भाइरसको महामारीको कारण लकडाउले गर्दा मानिसहरुमा तनावको अवस्थामा सृजना हुदै आएको यसको कारण व्यक्ति  तथा परिवारमा कुनै असर पर्न थालेको वा आफ्नो दैनिक जिवनमा असर परेको भने तनाव व्यवस्थापनका विधिहरु प्रयोग गर्न सकिन्छ गर्नुपर्दछ

प्रत्यक्ष रुपमा मनोविमर्शकर्तालाई भेट्न नसकिएको अवस्थामा फोनबाट पनि आफ्नो समस्या बताई सहयोग लिन सकिन्छ कोरोना संक्रमण आफु वा आफ्ना परिवारलाई पनि हुन्छ की भन्ने सर्वत्र त्रास फैलिइरहेको यस्तो अवस्थामा चिन्ता लिएर हुनेवाला केहि पनि छैन  डर चिन्ताबाट माथी उठेर स्वास्थ्यलाई विशेष ख्याल गर्न सकेमा कोरोनालाई जित्न सहयोग मिल्दछ

सरकारी तवरबाट संक्रमण भएको आशंकामा रहेका व्यक्ति तथा विदेशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखीएको अवस्था तर त्यहाँ रहेका व्यक्तिहरुलाई भावनात्मक सहयोग दिइएन भने पनि समस्या उपन्न हुन सक्छ त्यसैले स्थानीय तहहरुले क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई मनोवैज्ञानिक सहयोग प्रदान गर्न अर्थात उनिहरुको मनोबल बढाउनको लागि मनोविमर्शकता वा मनोविदको सेवाको पहुँच पुग्न सक्ने व्यवस्था मिलाउनु अति आवश्यक देखिन्छ
  

तनावका कारण देखा पर्न सक्ने मुख्य लक्षणहरुः
) टाउको दुख्ने, मांसपेशीमा दुख्ने
) अभिरुचि कम हुने,
) क्षणमै दिक्क हुने, झर्को मान्ने
) ध्यान दिन नसक्ने
) एकदमै चिन्तित हुने
) निन्द्रामा गडबडी हुने
) एउटै कुरा बारम्बार सोचिरहने

तनावको कारण उत्पन्न हुन सक्ने परिणाम :
) ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ
) दैनिक क्रियाकलापमा ह्रास आउँछ
) परिवार तथा समाजसँगको सम्बन्ध कमजोर हुन्छ
) शरीर कमजोर हुन्छ
५ ) डिप्रेसनको शिकार हुने सम्भावना रहन्छ ।


तनाव व्यवस्थापन गर्ने उपायहरु
) नियमित, योग, ध्यान, प्रार्थना, प्रणायाम व्यायम खेलकुद गर्ने
) समय तालिका बनाई लागू गर्ने (काम, खाने, सुत्ने आदि )
) रक्सी, चुरोट वा लागुपदार्थको प्रयोग नगर्ने
) सामाजिक सहयोगहरू लिने
) घरपरिवार समाजसँग सामाजिक दुरी कायम राखेर घुलमिल हुने मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने
) विश्वासिलो व्यक्तिहरुसँग सुखदुःख साटासाट गर्ने
) सन्तुलित खाना समयमा खाने

यदि तनाव व्यवस्थापनको विधिहरुको प्रयोग गर्दा पनि समस्या समाधान हुन नसकेको अवस्थामा फोनबाट मनोविमर्शकर्ता तथा मनोविदसंग सेवा लिन सकिन्छ





Comments

Popular posts from this blog

Dengue in Nepal: A Growing Public Health Concern

Will increasing Everest permit fees lead to a more sustainable and safer climbing experience, or will it limit accessibility and negatively impact the local economy?

Manaslu Circuit Trek Cost Guide 2025: Complete Budget Breakdown & Money-Saving Tips