Posts

राम्रो मान्छेको साथ पायो भने बन्छ जीवन फूल, नराम्रो को पर्यो भने बन्छ खरानी ।

Image
एउटा विद्यार्थीले आफुलाई पढाउने शिक्षक संग भन्यो । "सर हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो।'' शिक्षक  : ''कहांबाट हरायौ?'' विद्यार्थी: ''यहीं कक्षा कोठाबाट हरायो सर !'' शिक्षक  : ''कसरी हरायो त ?'' विद्यार्थी: ''मैले  टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर।'' शिक्षक  : ''त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन्।'' शिक्षक: ''तिमीहरू सबैजना  लाइनमा लाग अनि सबैले आ-आफ्नो आँखामा पट्टी बाँध।" शिक्षकले भने अनुसार सबैले त्यसै गरे । त्यस पछि शिक्षकले सबैको पकेट छामे। एउटाको पकेटमा घडी भेटियो र घडी बुझाए ।चोरी गर्ने केटा डरायो । उ अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो ।

computer vision syndrome के हो , यसका लक्षण र जोगिने उपायहरु

Image
डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन। पछिल्लो समय मोबायल र ल्यापटपको प्रयोग एकदमै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज भयतापनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ।