संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग
गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन जलाउन के प्रयोग गरिएको थियो भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमै चासो देखिएको छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले गरेको अनुसन्धानअनुसार ती संरचनामा आगजनी गर्न पेट्रोलियम पदार्थ प्रयोग गरिएको पाइएको छ । गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन , सर्वोच्च अदालत, देशको प्रमुख प्रशासकीय भवन रहेको सिंहरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको फरेन्सिक परीक्षणमा पुष्टि भएको छ । भदौ २३ गते जेन—जीको आह्वानमा भएको प्रदर्शनका क्रममा संसद् भवन बाहिर १७ जनासहित कुल १९ जनाको ज्यान गएपछि त्यसको विरोधमा भदौ २४ गते देशभर हिंसात्मक प्रदर्शन भएको थियो । त्यही प्रदर्शनका क्रममा जलेका भवनहरूबाट संकलन गरिएका १६ वटा नमुनालाई भारतको गृह मन्त्रालय मातहत रहेको सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरीमा परीक्षण गर्दा पेट्रोलियम पदार्थको अवशेष फेला परेको हो । “नमुनाहरूमा पेट्रोलियम उत्पादन (पेट्रोलियम हाइड्रोकार्बन) का अवशेषहरू फेला परेको छ...