Posts

Showing posts from June, 2023

देश मै हुनुको पिडा ..

  मेरो लागि मेरो देश ठुलै हो अभावले निन्द्रा नलाग्ने भएपछि देश मसिनो भैदियो म यो देशको परिचय त्याग्न कति धाँए मन्दिर कति गरें आरती भगवानलाइ भन्थें मलाई बनाईदिएको भए सरणार्थी उनीहरु मलाई बेचेर धनि बन्न खोजे म, मलाई बेचेर म यसै बेचिन खोजेको होइन बेचिन खोजेको हुँ यहाँ भविष्य अन्धकार देखेर।।   मैले पढेको पाठले मलाई इमान्दार बन्न सिकायो इमान्दारिताको खोस्टो सुन्य भै बिलायो।।   म जस्तै देशमा बस्न नचाहने युवाहरु कति छौ छातीमा हात राखेर भन। सम्पन्न देशको सपनाले के तिमी पनि नागरिकता त्याग्दैनौ ?   गर्ब गर्छ समाज फलानो जापान छ, अस्ट्रेलिया छ,अमेरिका छ म जस्तै यहिँ बसिरहनेहरुलाई भन्छन लफङ्गो एतै हल्लिराको छ ।।