Posts

Showing posts from May, 2022

बालेन तिमीले चुनाव जित्नु हुन्न

Image
  बालेन तिमीले जित्नु हुन्न किनकि तिमीले जित्यौ भने एक पुरुष काठमाडौंमा नाङ्गै हिड्ने हुन रे त्यसैले उनको इज्जत बचाई दिनभए पनि तिमीले चुनाव जित्न हुन्न तिमीले जित्यौ भने अर्की एक सुन्दरी स्तन देखाउदै सहर भ्रमण गर्ने हुन रे त्यसैले उनको इज्जत जोगाइदिन भए पनि तिमीले चुनाव जित्न हुन्न अर्का एक महापुरुष ३०,००० मत कटाए राजधानी भित्र बस्दिन भनीसके त्यसैले उनको बिचल्ली हुन नदिन भए पनि तिमीले चुनाव जित्न हुन्न आङ्काजीहरुले घोषणा गरिसके तिमी त आफै बदलिन नसक्ने गुण्डा आकारका र्यापर मात्र होइन के के हो के के हौ रे बाआमाको वास्ता नगर्ने कुपुत्र हौ रे दल र नेताका अघि भुसुना हौ रे त्यसैले उनको महावाणि पूरा गराई दिन पनि तिमी चुनाव जित्न हुन्न ७० बर्ष कटेका होनहार युवा नेता जो सत्ताको स्तुति गाईरहेकाछन र आर्यघाटको ब्रह्मानल नहुदा सम्म कुर्सीको ताक्मा छन उनी र आसेपासेहरुको स्वार्थका लागी पनि तिमीले चुनाव जित्न हुन्न तिमीले चुनाव जित्यौ भने खराब दलहरूको टेको बनेका युवाहरूको नेता र दलप्रति आकर्षण घट...