Mero Blogs is your go-to platform for the latest news and insights, offering a diverse mix of content from the world of entertainment, national and international events, and travel. Whether you're seeking updates on the hottest topics , global trends, or tips for your next adventure, Mero Blogs brings it all to your fingertips. Our articles are thoughtfully curated to keep you informed and inspired, delivering engaging stories that span across cultures and industries. Explore the world with us!!
कोरोना निकोपछि कस्ता मानिसलाई हुन्छ, आँखा बिगार्ने घातक ‘ब्ल्याक फंगस’? What is mucormycosis: Dos & Don'ts, symptoms & treat
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
कोरोना निकोपछि कस्ता मानिसलाई हुन्छ, आँखा बिगार्ने घातक ‘ब्ल्याक फंगस’?
भारतमा कोरोना महामारीसँगै कालो ढुसी (ब्ल्याक फंगस) भनिने दुर्लभ संक्रमण पनि बढ्दै गएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण निको भएका बिरामीहरूमा यो समस्या बढ्दो छ।अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का निर्देशक डा. रणदीप गुलेरियाले कालो ढुसीको संक्रमण किन हुन्छ भन्नेबारे भारतीय पत्रिका नवभारत टाइम्ससँग बताएका छन्।
डा. गुलेरिया भन्छन्, ‘साधारणतया आम मानिसलाई ब्ल्याक फंगस हुन्थेन, तर कोरोना संक्रमणका कारण अहिले यो समस्या बढिरहेको छ।’ उनका अनुसार एम्समा यस्ता समस्या भएका २३ बिरामी छन्। जसमध्ये २० जना कोरोना पोजिटिभ छन् भने ३ जना कोरोना नेगेटिभ छन्। धेरै राज्यमा यस्तो संक्रमण ४ सयदेखि ५ सय जनासम्मलाई देखिएको छ। कालो ढुसीको संक्रमण आँखा, नाक, घाँटी, फोक्सोमा पनि हुन सक्छ। यो संक्रमण हुँदा आँखाको ज्योति नष्ट पार्ने, नाकबाट रगत बग्ने र यो संक्रमण फोक्सोमा पुगेको छ भने छाती दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिन्छन्।
स्टेरोइड्सबाट धेरै जोखिम डा. गुलेरियाका अनुसार स्टेरोइड्सको दुरुपयोग ब्ल्याक फंगसको प्रमुख कारण हो। डाइबिटिज भएका कोरोना संक्रमितलाई स्टेरोइड्स सेवन गर्न दिइयो भने उक्त समस्या हुने खतरा बढी हुन्छ। यसकारण स्टेरोइड्सको दुरुपयोग कम गर्नुपर्छ। हल्का लक्षण भएका कोरोना संक्रमित तथा रगतमा अक्सिजनको मात्रा कम भएका मानिसलाई स्टेरोइड्सले फाइदा कम हानि बढी गर्छ। एलएनजेपी अस्पतालका एमडी डा. सुरेश कुमार पनि डा. गुलेरियाकै कुरामा समर्थन गर्छन्। अर्थात् स्टेरोइड्स प्रयोग कम गर्नुपर्छ। यदि अक्सिजनको मात्रा ९० भन्दा बढी छ र त्यस्ता बिरामीलाई स्टेरोइड्स दिइयो भने ब्ल्याक फंगस हुने खतरा हुन्छ। यो संक्रमण अनुहारको सीटी स्क्यान गरेपछि पत्ता लाग्छ। जसको उपचारका लागि एन्टिफंगल औषधि एम्फोटेरिसिनको प्रयोग भइरहेको छ।
कहाँ कहाँ आक्रमण गर्छ, ब्ल्याक फंगसले? विशेषज्ञका अनुसार कोरोना संक्रमणपछि ब्ल्याक फंगस अर्थात् म्युकरमाइकोसिसले मानिसलाई सताइरहेको छ। यस रोगमा कालो ढुसी नाक, आँखा र मस्तिष्कमा फैलिँदै बिरामीको मृत्युसमेत हुन्छ।
कस्ता मानिसलाई हुन सक्छ, ब्ल्याक फंगस? –कोरोना संक्रमणका बेला स्टेररोइड्स– जस्तैः डेक्सामिथाजोन, मिथाइल, प्रेडनिसोलोन आदि प्रयोग गरिएको छ भने –कोरोना संक्रमण हुँदा अक्सिजन सपोर्ट अर्थात् आईसीयूमा बस्नुपरेको छ भने –क्यान्सर, मिर्गाैला, प्रत्यारोपण आदिको औषधि चलाइएको छ भने
विशेषज्ञका अनुसार विरलै देखिने एक प्रकारको संक्रमण हो। यो सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्छ। मुम्बईका नेत्र शल्यचिकित्सक डा. अक्षय नायर भन्छन्, ‘म्युकोर’ जताततै हुन्छ। माटो एवं हावामा र स्वस्थ मानिसको नाक र खकारमा पनि यो हुन्छ।’
यसले साइनस, मस्तिष्क र फोक्सोमा असर गर्छ र यो प्राणघातक पनि हुनसक्छ ः विशेषगरी डाइबेटिज अथवा शरीरको रोगप्रतिरोधी क्षमतामा गम्भीर कमजोरी देखिएका क्यान्सर वा एचआईभी एड्सका बिरामीका लागि। चिकित्सकका अनुसार म्युकोरमाइकोसिस, जसको समग्र मृत्यु कारक दर ५० प्रतिशत जति हुन्छ, स्टेरोइड औषधिको प्रयोगका कारण देखापर्न थालेको हुनसक्छ।
ब्ल्याक फंगसका लक्षण –ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु वा सास फेर्न गाह्रो हुनु। –नाक बन्द हुनु, नाकमा सिंगानका साथ रगत आउनु। –आँखा दुख्नु, आँखा सुन्निनु, एउटा चिजलाई दुइटा देख्नु वा देख्न नसक्नु। –अनुहारको एकपाखा मात्र दुख्नु, सुन्निनु। –दाँत दुख्नु, दाँत हल्लिनु, चपाउँदा दुखाइ हुनु।
–वान्ता हुँदा वा खोक्दा ठूलो मात्रामा रगत बग्नु।
के गर्ने?
ब्ल्याक फंगसका लक्षण देखिनासाथ तत्काल सरकारी अस्पताल वा कुनै विशेषज्ञ डाक्टरकोमा जाने। नाक, कान, घाँटी, आँखा, औषधि, छाती वा प्लाष्टिक सर्जरीका विशेषज्ञलाई तुरुन्त देखाउने। जसले गर्दा चाँडै उपचार सुरु गर्न सकियोस्।
Comments
Post a Comment