अफगानिस्तान युद्ध: तालिबान लडाकुहरू कसरी यति चाँडै बलिया भए?

अफगानिस्तान युद्ध: तालिबान लडाकुहरू कसरी यति चाँडै बलिया भए? अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै लगेको गतिले कतिपयलाई आश्चर्यमा पारेको पाइन्छ। क्षेत्रीय राजधानीहरू सहजै ढलिरहेका छन्। अफगान सरकारले आफ्नो पकड कायम राख्न सङ्घर्ष गरिरहेका बेला तालिबान विद्रोहीहरू राजधानी काबुलमा प्रवेश गरेका छन् भने राष्ट्रपति अशरफ गनी देश छोडेर पलायन भएका छन्। यसै साता चुहिएको एउटा अमेरिकी गुप्तचर निकायको प्रतिवेदनले राजधानी काबुलमा केही दिनमै आक्रमण हुन सक्ने र सरकार ९० दिनमा ढल्न सक्ने आकलन गरेको थियो। यति चाँडै यस्तो अवस्था कसरी आयो त?